सेप्टिक ट्यांकीमा भेटियो १० वर्षीय बालकको शव

काठमाडौं। सर्लाहीमा एक बालकको शव बिहीबार बिहान छिमेकीको घरको सेप्टिक ट्यांकीमा हत्या गरी फ्याँकिएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलका अनुसार मलंगवा नगरपालिका १२ का १० वर्षीय मिठू ठाकुरको हत्या भएको हो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही घरकासहित ७ जनालाई पक्राउ गरेको छ। यस्तै एक जना भने फरार छन्।

मिठू आइतबार बेलुकीदेखि सम्पर्कविहीन थिए। भोज खान गएका बालक हराएको भन्दै प्रहरीलाई खबर भएको थियो।

तर विदेशमा रहेका मामालाई मेसेन्जरमा एउटा मेसेज पनि गरिएको थियो। नयाँ अकाउन्टबाट मेसेज गरिएको थियो। त्यसमा १५ लाख रुपैयाँ माग गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए। कसले कसरी मागेको हो भन्ने नखुलेपछि सर्लाही प्रहरीले नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरेको थियो।

प्राविधिक सहयोगपछि प्रहरीले लोकेसन ट्रेसिङ, मोबाइल ट्रयाकिङको काम भएको थियो। त्यसैबीच बुधबार बेलुकी आरोपित पत्ता लागेको प्रहरी उपरीक्षक पोखरेलले बताए। त्यसपछि प्रहरीले बेलुकी नै सात जनालाई नियन्त्रणमा लिएको थियो। सोधपुछ गर्ने क्रममा छिमेकीले आफ्नै घरमा लगेर हत्या गरेको खुलेको हो। पाँच जना एउटै परिवारकै छन्। अरू बाँकी ससुरालीतर्फका व्यक्तिहरू हुन्। पीडित र पीडकको घर जम्मा २० मिटरको दूरीमा छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पहिचान खुलाएको छैन। हत्या ल्याएकै दिन भएको प्रहरीले जनाएको छ। शव गन्हाउन थालेपछि उनीहरूले शव सेप्टिक ट्यांकीमा फालेको बयान दिएका छन्। मृतकका बुवा कतारमा काम गर्थे। उनले घरमा पैसा पठाएको हुनसक्ने भन्दै त्यसैको लोभमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए। अहिले उनका बुवा फर्किइसकेका छन्।

सेप्टिक ट्यांकीबाट शव निकालेर प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us