काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन विज्ञ गोबिन्द बन्दीलाई कानुनमन्त्री बनाउन बिहीवार सिफारिस गर्नु भएको छ । संविधानको धारा ७८ मा गैरसांसद पनि मन्त्री हुन सक्ने व्यवस्था छ। तर, ६ महिनाभित्र संघीय संसद्को सदस्य बन्नुपर्ने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति कार्यालयमा दिउँसो २ बजेका लागि वहाँको सपथको तयारी भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो। गत फागुनमा प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गर्नुअघि व्याख्यात्मक घोषणा तयार पार्न बन्दीले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो।
यसअघि नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूलाई देउवा क्याबिनेटमा कानुनमन्त्री हुनूहुन्थ्यो। देउवाले बडूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नु भएको छ। आपूर्ति मन्त्रालय महिनौं देखि मन्त्रीबिहीन थियो।