‘प्रधानमन्त्रीसँग कुरा नमिलेपछि अलग भएँ’: हरिबोल गजुरेल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मंसिर २० गते पदबाट राजीनामा दिए । एकाएक गजुरेलले पदबाट राजीनामा दिएपछि माओवादीभित्र एक खालको तरंग पैदा भएको छ ।

मन्त्रीसरह सुविधा लिएर प्रधानमन्त्रीको सल्लाहकारमा करिब १० महिना काम गरेका उनी पछिल्लो समय प्रचण्ड र उनका अन्य सचिवालय सदस्यसँग असन्तुष्ट देखिन्थे । तर आफ्नो राजीनामाबारे नखुलाएका नेता गजुरेलले बीबीसी नेपालीसँग कुराकार्नी गर्दै प्रधानमन्त्रीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थ भएपछि राजीनामा दिएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us