युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले विभिन्न सहरमा बिस्फोट र मिसाइल प्रहार गरेको विवरणहरु सार्वजनिक

काठमाडौं । युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले विभिन्न सहरमा बिस्फोट र मिसाइल प्रहार गरेको विवरणहरु सार्वजनिक भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ ।

त्यस्तै पश्चिमी सहर इभानो फ्र्यांकिभ्स्कनजिक बिस्फोट भएको छ । सहरको एउटा विमानस्थललाई निशाना गरेर मिसाइल प्रहार गरेकोे प्राप्त विवरणहरुमा जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा अहिलेसम्म १३ सय युक्रेनी र १२ सय रुसी सेना मारिएको दाबी गर्नुभएको छ ।

यसैबीच, मोल्दोभाका प्रधानमन्त्री नातालिअ गाभरिलिटाले युक्रेनी शरणार्थीको प्रवाहको सामना गर्न देशमा सहयोगको आवश्यकता परेको बताउनुभएको छ। युरोपकै सबैभन्दा बिकासन्मुख देश मोल्दोभाले करिव एक लाख युक्रेनीलाई शरण दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us