नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ।

मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक नेताहरूको व्यवस्तताका कारण पुस २ र ३ गतेका लागि सारिएको थियो। वैठक बिहान साढे १२ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँ सुरू हुनेछ। पार्टी अध्यक्ष माधवकुमार नेपाल संसदीय समितिको वैठकमा व्यस्त भएका कारण सचिवालय वैठक केही पर सरेको हो। 

पार्टी सचिव एवं केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठकाअनुसार आज र भोलि बस्ने सचिवालयको वैठकमा विद्यान संशोधन सम्बन्धि छलफल हुनेछ। उपाध्यक्ष डा.बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला तीन जना नेताले विद्यान मस्यौदा वैठकमा प्रस्तुत गर्नु हुनेछ। 

त्यस्तै बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने छ। सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us