प्रश्न तेर्साउने र जवाफ सुन्न चाहिँ नबस्नेहरूबाट आफू ‘इरिटेशन’ हुने : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई  प्रश्न चाहिँ तेर्साउने जवाफ सुन्न चाहिँ नबस्ने भन्दै यसबाट आफू ‘इरिटेशन’ हुने बताएका छन्। ललितपुर महानगरपालिकाको १०५ औँ वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले आगन्तुकले प्रमुख अतिथिको कुरा सुन्नु पर्ने बताए।

ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवस

‘बालेन्द्र जी बोल्नुभयो, गइहाल्नुभयो,’ आफ्नो भाषणमा प्रधानमन्त्रीले भने, ‘मलाई फेरी पहिला बोलेर हिँडिहाल्ने सँग ‘इरिटेशन’ हुन्छ।’ आफूले भन्ने कुरा भनिहाल्ने अनि जवाफ सुन्न चाहिँ नबस्ने प्रवृत्ति ठिक नभएको उनले सुनाए।  

प्रधानमन्त्री भन्दा पहिल बोलेका मेयर बालेन्द्रले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबिच समन्वय र सहकार्य हुनुपर्ने बताएका थिए। महानगरको विकाशमा देखिएका कानुनी बाधालाई संघले सहजीकरण गरिदिनु पर्ने शाहले बताएका थिए।  

त्यसको जवाफमा प्रधानमन्त्री दाहालले आफू सहयोगका लागि सधैँ तयार रहेको तर त्यसको ‘रिकोनाइज’ नभएको सुनाए। ‘बाग्मती किनारमा भएको अव्यवस्थित बसोबास, तीनकुने मुआब्जा र फोहोर व्यवस्थापनको सवालमा म सधैँ सरात्मकनै छु,’ उनले भने, ‘समस्या समाधानप्रति मेरो यो सद्भावको चाहिँ किन उपेक्षा गरिएको?। उपत्यकाको फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरको मेयर भएका नाताले तपाईँको बढी जिम्मेवारी छ  भन्दै यसमा मैले सहयोग गर्छु भनेको कुरालाई रिकोनाइज गर्न केले रोक्यो भन्दै उनले बालनेलाई प्रश्न समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us