जनकपुरधाममा २१ जोडीको निःशुल्क सामूहिक विवाह

रामजानकी विवाह उत्सव सकिएलगत्तै सोमबार साँझ जनकपुरधाममा सामूहिक विवाहको अर्को सुन्दर दृश्य देखिएको छ।

विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको  सामूहिक विवाह सम्पन्न गराएसँगै विवाह पञ्चमीको रौनकतालाई झनै बढाएको छ।

भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ। परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामूहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो ।सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभ विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते सहितका आवश्यक पर्ने सबै सामग्रीहरू परिषद्ले निःशुल्क रूपमा उपलब्ध गराएको छ। विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गर्ने काम भएको छ ।

विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको थियो । यसैबिच जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको श्री सीताराम स्वयंवरको विश्वकै ठुलो आकृति बनाएका भारतको उत्तर प्रदेशका कलाकार सतीश गुर्जर पनि सोही सामूहिक विवाह कार्यक्रममा स्वयंवर गरेका छन्।

जानकी मन्दिरमा भइरहेको सामूहिक विवाह समारोहमै उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयंवर गरेका हुन्। विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ। यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकाहरूलाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरूले जनाएका छन्।

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us