नो रिटर्नको अवज्ञा गरे कारवाही गर्ने चेतावनी

काठमाडौं, ३ पुस । डेरी उद्योग संघले ‘नो रिर्टन’को अवज्ञा र तोकिएको मापदण्ड पूरा नगर्ने उद्योगलाई हदैसम्मको कारवाही गर्ने भएको छ । विस २०७४ सालदेखि राष्ट्रिय दुग्ध विकास बोर्ड, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका सबै सरोकारवालाहरुको सहमतिमा डेरी उद्योगहरुमा ‘नो रिर्टन’ पद्धति लागू भएको थियो । र, यसैको अनुसरण दूध तथा दुग्धजन्य पदार्थको विक्री वितरण हुदै आएको डेरी उद्योग संघले विज्ञप्तीमार्फत जनाएको छ ।

तर, हालै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनले केहि उद्योगहरुमा नो रिर्टन पद्धतिको उलंघन गरेको पाएपछि संघले विज्ञप्ती मार्फत कारवाही गर्ने चेतावनी दिएको हो । नो रिटर्न पद्यत्ती अर्थात दूध तथा दूग्धजन्य पदार्थ फिर्ता नहुने प्रावधान रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us