काठमाडौं, ४ पुस । सर्वत्र विरोधको बाबजुत सरकारले यस वर्षको उखुको समर्थन मूल्य तोकेको छ । किसानहरुले बाँकीमै उखु विक्री गर्न थालेपछि सरकारले उखूको मूल्य तोकेको हो । यसवर्ष उखूको समर्थन मूल्य ६३५ रुपैयाँ तोकेको हो।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने ७० रुपैयाँ अनुदानगरि प्रतिक्विन्टल गरी ६३५ रुपैयाँ मुल्य तोकेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारे मिडियालाई जानकारी दिएकी हुन् । कतिपय किसानले भने पुरानै उखूको मूल्य समेत पाएका छैनन् ।