काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिए लगत्तै उनी सिंहदरबारस्थित नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री कोइरालालाई सपथ गराउनुभएको हो । दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको बोलाएको मन्त्रिपरिषदको बैठकमा सहभागी हुन मन्त्री कोइरालाले हतार हतार पदबहाली गर्नुभएको हो।
उहाँले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको व्याख्यात्मक टिप्पणी लेख्नुभएको थियो । प्रतिनिधि सभा विघटनका बेला अधिवक्ता बन्दीले देउवाको पक्षबाट बहस गर्नुभएको थियो ।