दुर्लभ प्रसूति र विशेष जुम्ल्याहा
अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन्।
दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिना २० घण्टा प्रसव बेथामा थिइन्।
३२ वर्षकी केल्सी हेचरले गत मङ्गलवार पहिलो र बुधवार दोस्रो छोरीलाई युनिभर्सिटी अफ अलाबामा बर्मिङ्घम अस्पतालमा जन्म दिएकी थिइन्।

आफूले ‘अद्भुत सन्तान’हरू जन्माएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरेकी छन्।
हेचरले आफ्नो परिवार अहिले घर पुगेको र ‘बिदा मनाउन सक्ने’ बताएकी छन्।
यसअघि उनले क्रिसमसको समयमा सन्तान जन्मिने ठानेकी थिइन्।
ती आमालाई १७ वर्षको उमेरमा उनको दुईवटा पाठेघर रहेको बताइएको थियो र त्यसलाई दुर्लभ जन्मजात समस्याका रूपमा यूनिभर्सिटी अफ अलाबामा बर्मिङ्घमले उल्लेख गरेको छ।
संसारभर ०.३ प्रतिशत महिलामा त्यस्तो समस्या देखा पर्नेगर्छ।
यूनिभर्सिटी अफ अलाबामा बर्मिङ्घम उक्त गर्भधारणलाई नियमित भनेका छन्।
उक्त प्रसूतिलाई व्यवस्थापन गरेका प्राध्यापक रिचर्ड डेभिसले प्रत्येक शिशुले ‘हुर्कन र बढ्न थप ठाउँ’ पाएको बताएका छन्।
प्रत्येक शिशुका लागि पाठेघर भएकाले त्यस्तो भएको भन्दै उनले त्यो साधारण किसिमले जुम्ल्याहाहरूको जन्म भन्दा फरक रहेको बताए।
३९ हप्तापछि उनलाई प्रसूति सम्बन्धी औषधिहरू दिइएको थियो र त्यसका लागि दोहोरो निगरानी र थप कर्मचारीहरू आवश्यक परेका थिए।
उनकी प्रसूति र स्त्री रोग सम्बन्धी चिकित्सकले नियमित ढङ्गले १९ डिसेम्बरको साँझ बच्चा जन्मिएपछि सबै जना खुसी भएको बताइन्।
त्यसको १० घण्टापछि दोस्रो सन्तान शल्यक्रियाबाट जन्मिएकी थिइन्।
दुई वटा पाठेघर रहेको अवस्थामा गर्भ रहने सम्भावना दश लाखमा एक रहने उक्त विश्वविद्यालयले जनाएको छ।
यस्ता घटना विश्वका अन्य ठाउँमा पनि खासै भएका छैन।
सन् २०१९ मा बाङ्ग्लादेशकी एकजना चिकित्सकले बीबीसीलाई आफ्नो अर्को पाठेघरमा रहेको बच्चालाई समय नपुग्दै जन्माएकी एक महिलाले त्यसको लगभग महिना दिनपछि जुम्ल्याहा जन्माएको बताएकी थिइन्।
हेचरको विगतमा तीन पटक स्वस्थ्य गर्भ रहेको थियो।
यसपटक उनले एउटा मात्रै पाठेघरमा गर्भ रहेको ठानेकी थिइन्।
तर नियमित अल्ट्रासाउन्ड परीक्षणमा दोस्रोमा पनि बच्चा रहेको देखियो।
“मलाई सास फेर्नै गाह्रो भयो। हामीले त्यो पत्याउनै सकेनौँ,” उनले भनिन्।
उनले आफ्नो अस्वाभाविक यात्रालाई इन्स्टाग्राममा कैद गरेकी छन्।
३८ हप्ताको समयमा उनले राखेको एउटा पोस्टमा लेखिएको छ, “यो के भइरहेको छ? हामीले कसरी यहाँसम्म यात्रा गर्यौ?”
Source: BBC
OFFICIAL LIVE CASINO CHANNEL: Топ проверенных площадок?? Актуальные рабочие зеркала?? Бонусы до 300%?? Стратегии для рулетки, блэкджека и Crazy Time. ЭКСКЛЮЗИВНЫЕ ПРОМОКОДЫ. Регистрируйся, играй и моментально выводи выигрыши!
https://t.me/s/iGaming_live/1790