पूर्वराजा वीरेन्द्रको सालिक मध्यरातमा ठड्याइयो

पोखराको वीरेन्द्र चोकमा राष्ट्रवादि पोखरेली जनताले स्व. राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहको शालिक मध्ये रातमा पुनर्स्थापना गरेका छन ।

९ पुस, पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ ।शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । समितिका सचिव अरुण गिरीले भने, ‘साइत हेराएर राति साढे एक/पौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको हो । ‘

सचिव गिरीका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको गिरीले बताए । सालिक राखेपनि अरु काम बाँकी नै रहेको भन्दै गिरीले भने, “२०/२५ लाख बजेट लाग्ने अनुमान छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us