संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा(एकीकृत समाजवादी)मा समाहित भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको हो ।

पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफूहरुको तत्कालीत पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरि वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरि संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफूहरु सिद्धान्त मिलेकाले प्रवेश गरिएको बताउनुभयो । एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफूहरुको योगदान हुने उहाँले बताउनुभयो ।

बिहीवार नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराउनुभयाे । उहाँले आफ्नो मोर्चामार्फत् देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us