काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या एक अंकमा सिमित भएको छ । पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना पुष्टि भएपछि एक अंकमा सिमित भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, १ हजार ८४९ जनाको एन्टीजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि नभएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप २५ जना सङ्क्रमित निको भएका छन् ।
२४ घण्टामा मृत्यु शून्य रहेको छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ जना रहेको मन्त्रालयले जनाएको छ ।