ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति पाैडेल

काठमाडौं, पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरु हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै सो कुरा बताउनु भएको हो ।

राष्ट्रपति पौडेलले यस वर्ष ‘ज्येष्ठ नागरिकको सम्मा, हाम्रो सभ्यताको पहिचान’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र सम्बर्द्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरी यो दिवस मनाउन गइरहेको बताउनु भयो ।

उहाँले ज्येष्ठ नागरिकहरुलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत आदर, सम्मान र संरक्षण गर्न सके मात्र यो नारा सार्थक हुने सक्ने जानकारी दिनुभयो ।

‘‘उहाँहरूको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानीत व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न सबैमा म आग्रह गर्दछु ।,’’ राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ, ‘‘साथै, नेपाल सरकारले व्यवस्था गरेको स्वास्थ्य सेवा, यातायात सेवाका क्षेत्रमा तोकिए बमोजिम छुट सहुलियतलगायत विभिन्न सेवा सुविधाको प्रभावकारितामा वृद्धि गर्दै  सम्मानपूर्ण कार्यान्वयन गर्न सम्वद्ध सबैमा आव्हान गर्दछु ।

उहाँले माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

वि. सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us