समाजवादी मोर्चाको संयोजकमा अध्यक्ष नेपाललाई नै निरन्तरता

काठमाडौँ। चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ।

o, am,.बुधबार बसेको मोर्चाको बैठकले हाल संbयोजकको जिम्मेवारीमा रहेका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए।

मोर्चाको संगठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्म गठन गरिसक्ने निर्णय गरेको छ। साथै, सम्भव भएका जिल्लामा सन्देश सभा समेत गर्ने निर्णय गरेको छ।

माघको पहिलो हप्तामा अन्तरक्रिया र १६ माघमा शहीद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय भएको हमालले बताए। साथै, संघीयतालाई प्रभावकारी बनाउनका लागि सरकारको ध्यानाकर्षण गर्ने र राजनीतिक प्रकृतिका मुद्दामा अदालतले चालिरहेको कदमका बारेमा समते कसरी अगाडि बढ्ने विषयमा छलफल भएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us