नेकपा (एकीकृत समाजवादी) का ५० जना केन्द्रीय नेताहरूकाे मरणोप्रान्त अंगदान गर्ने घोषणा

एकीकृत समाजवादीका ५० जना नेताहरूले मरणोप्रान्त अंगदान गर्ने (तस्बिरसहित)

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का ५० जना केन्द्रीय नेताहरूले मरणोप्रान्त अंगदान गर्ने घोषणा गर्नु भएको छ। 

पार्टीको सातौं कमिटीको जारी वैठकमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष एवं कृषि मन्त्री डा.बेदुराम भुसाल, प्रमेश हमाल, धर्मनाथ प्रसाद साहले मरणोप्रान्त अंगदान गर्ने सम्झौता गर्नु भएको हो। 

त्यस्तै पार्टीका उपमहासचिव डा.विजय पौडेल र डा.गंगाल तुलाधरले पनि अंगदान गर्ने घोषणा गर्नु भएको छ। पार्टी सचिव जीवनराम श्रेष्ठ, नागेन्द्र चौधरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डे, कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर बहादुर थापा, कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, गण्डकी प्रदेश कमिटीका कार्यबहाक अध्यक्ष श्रीनाथ बरालले पनि अगंदान गर्ने प्रत्यारोपण केन्द्रसँग सम्झौता पत्रमा हस्ताक्षेर गर्नु भएको छ। 

पार्टीका पोलिटब्यूरो सदस्य गणेश वि.क, केन्द्रीय सदस्य मनु सिग्देल, निरादेवी जैरु, पार्टी प्रचार विभाग सदस्य लेखनाथ सिकारूलगायतका नेताहरूले अगं दानको घोषणा गर्नु भएको केन्द्रकी संयोजक बन्दना खत्रीले जानकारी दिनु भएको छ। खत्रसहित डा.निरू शर्मा लगायतको स्वाथ्यकर्मीको टोलीले कान्तिपुर गार्डेन लतिलपुरमा शिविर सञ्चालन गरेको थियो। 

helth-teem-7th-metting-1-1703770910.jpeg
helth-teem-7th-metting-2-1703770910.jpeg
f1ac1dd3-e3b1-43be-aa1a-76e02542453e-1703770909.jpeg
af84b048-55e0-4311-afa6-62d842c85db8-1703770908.jpeg
dec96465-6e5a-4410-8d8b-29842ce037a4-1703770908.jpeg
37493975-7b5d-4460-a395-cb966cc84e22-1703770907.jpeg
47cc50ac-5606-4942-85cb-6e9952d73d3a-1703770906.jpeg
7ba3e374-9ad2-4dd4-8736-f1bb5e89c659-1703770905.jpeg
04cbdd14-e4e5-48f5-98f3-1ebbf9bec136-1703770904.jpeg
6c6c29d1-0c55-46dd-bb03-1d46db2dc473-1703770904.jpeg
2ff0edc0-a182-4f0c-b483-005cdb806c34-1703770903.jpeg
3c6f1c44-a9fe-4c7b-88db-fbd07bb4dc75-1703770902.jpeg
helth-teem-7th-metting-1703770913.jpeg
helth-teem-7th-metting-7-1703770913.jpeg
helth-teem-7th-metting-5-1703770911.jpeg
helth-teem-7th-metting-6-1703770911.jpeg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us