पहिलोपटक पोखरामा प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी बृहत् प्रदर्शनी हुने
काठमाडौं, १३ पुस । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारासाथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रर्दशनी हुने भएको छ । पोखरा प्रर्दशनी केन्द्र, नयाँ बजार, पोखरामा गण्डकी प्रदेशस्तरीय प्रदर्सनी आउदो पुस २० देखि २२ गतेसम्म हुने भएको छ । प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले यसअघि राष्ट्रिय स्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै आएको छ भने यस पटकदेखि प्रादेशिक स्तरमा पनि प्रदर्सनीको सुरुवात गरिएको नामियाको अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । यस प्रादेशिक प्रदर्सनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रुपमा सघाएका छन् ।
त्यसैगरि, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (रीड), हरिहरभवन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप), हरिहरभवन र नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना (एनएलएसआईपी), हरिहरभवन, ललितपुर र राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरले पनि यस कार्यक्रममा सहयोगीका रुपमा सहकार्य गरेको छन भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि मेलालाई प्रवर्धन गर्ने भएको छ ।
प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहनेछ भने करिव ५ करोड मूल्य वरावरको कारोवार हुने अनुमान आयोजकले गरेको छ । कृषक, कृषि कर्मी, उधमी, ब्यवसायी, कृषि बिग्य, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायतगरि करिव २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।
एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरणरयन्त्रहरु तथा सेवाहरुका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्ताहरुलाई कृषियान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन, कृषियान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ ।
त्यसैगरि अन्य उद्देश्यहरुमा कृषियन्त्र, उपकरणहरुको प्रवर्द्धनमा वृद्धि भई कृषियान्त्रीकरणमा सहयोग पुर्याउन, कृषियान्त्रीकरण व्यवसायी र उपभोक्ताहरु बीच समन्वय गर्न, व्यावसायीक कृषि प्रणाली सम्बन्धी चेतना अभिवृद्धि गर्न तथा लगानीको अवसर सृर्जना गर्ने जस्ता रहेका छन् ।
यस प्रादेशिक प्रदर्सनीमा एस के टि नेपाल प्रा.लिले गोल्ड स्पोन्सर गरेको छ भने जि सेभेन एग्रिकल्चर प्रा.लि, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, कृषि विकास बैंक लिमिटेडले सिल्भर स्पोन्सर गरेका छ । भने सर्भिलियन्स पार्टनरको रुपमा जोधनी ईलेक्ट्रो प्रा.लि रहेको छ । प्रदर्सनीमा प्रबेश निसुल्क रहेको छ !