ल्होसार पर्वले सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग गरेको छ: अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गुरूङ समुदायको तमु ल्होसारको अवसरमा शुभकामना दिनु भएको छ। 

आइतबार पूर्व-प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेशबुकमार्फत शुभकामना सन्देश जारी गर्नु भएको हो। मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनु भएको छ। विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी  सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनु भयो। 

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उहाँले  जोड दिनु भएको छ। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताउनु भयो। 

उहाँले लेख्नु भएको छ, ‘पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागतको रुपमा तमु जातिले मनाउने ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु।’ 

अध्यक्ष नेपालले अगाडि लेख्नु भएको छ, ‘विविधता भित्रको एकता, सामाजिक सद्भाव र हाम्रा सांस्कृतिलाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्ये ल्होसार पनि एक हो। तसर्थ, यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us