नेपाल ह्याचरी उद्योग संघको १७ औं साधरण सभाबाट अध्यक्षमा लक्ष्मीदास मानन्धर निर्विरोध निर्वाचित


ह्याचरी उद्योग संघको अध्यक्षमा मानन्धर निर्विरोध निर्वाचित


काठमाडौं २० पुस । नेपाल ह्याचरी उद्योग संघको १७ औं साधरण सभाबाट अध्यक्षमा लक्ष्मीदास मानन्धर निर्विरोध निर्वाचित भएका छन्। यसअघि उनी संघको बरिष्ठ उपाध्यक्ष रहेका थिए ।
त्यसैगरि बरिष्ठ उपाध्यक्षमा ब्राउन बर्ड ह्याचरी, चितवनका अध्यक्ष राजेन्द्र लामिछाने तथा प्रथम उपाध्यक्ष डा.बलराम किसी र द्धितिय उपाध्यक्षमा ललितपुर ह्याचरीका संचालक बलराम संजेल निर्विरोध निर्वाचित भएका छन् । 


त्यसैगरि, महासचिव, कोषाध्यक्ष, सचिवमा दुई–दुई जना तथा दश जना सदस्यहरु निर्वाचित हुने ठाउँमा १७ जनाको उम्मेद्धावरी परेका कारण ति पदहरुमा निर्वाचन प्रकृया अपनाईएको थियो । 

महासचिव ज्ञान वहादुर विसुराल, कोषाध्यक्षमा नवराज पौडेल तथा सचिवमा बिबेक भट्टको विजयी भएका छन् ।

त्यसैगरि सदस्यहरुमा बिष्णुप्रसाद रिमाल, बोधराम निरौला, गोविन्द खड्का, परशुराम अधिकारी, धातनन्द कडेल, मनिराज नौनियाल, कपिलबाबु खनाल, मोहम्मद रिजवान अहमद, नारायण गिरी र युवराज अधिकारी विजयी भएका छन् । 

आज राजधारीमा भएको साधरण सभाले उनीहरुलाई निर्वाचित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले निर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए । 

नेपाल हयाचरी उद्योग सघको २०८० पौष २० गते काठमाडौमा भएको १७ औ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई एव सफल कार्यकालको शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us