घनश्याम रिजाल र सावित्री मल्ल नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको टुंगो लगाएको छ।  

सोमबार बिहान बसेको कार्यदलको बैठकले बागमतीबाट दलित क्लष्टर कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको हो। 

पार्टी सचिव जीवनराम श्रेष्ठकाअनुसार एकीकृत समाजवादीको भागमा परेको बागमती र कर्णालीबाट क्रमशः दोलखाका विश्वकर्मा र दैलेखकी मल्ललाई उम्मेदार चयन गरिएको हो।

आइतबार बसेको ७२औं सचिवालय बैठकले उम्मेदवार टुंग्याउने सर्वाधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो। 

404315909_2129049837431113_278522067951733991_n-1704690942.jpg

One thought on “घनश्याम रिजाल र सावित्री मल्ल नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us