राम बहादुर बम्जन ‘तपस्वी’ पक्राउ

काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । उनी काठमाडौँबाट पक्राउ परेका हुन् ।  बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार पक्राउ गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us