काठमाडौं । गुलशन झाको शतकमा नेपाली यू–१९ क्रिकेट टोलीले स्कटल्यान्ड यू–१९ टोलीमाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले हराएको हो । दक्षिण अफ्रिकामा नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४९ रन बनायो । स्कटल्यान्डका लागि उजिर अहमदले सर्वाधिक २८ रन बनाए । त्यस्तै खानले २४ रन बनाए । नेपालका लागि तिलक भण्डारीले तीन विकेट लिए । त्यस्तै आकाश चन्दले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २८४ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले शतकीय पारी खेले । उनले ११५ बलमा ११४ रन बनाए । नेपालका लागि दिपक बोहोराले ५८ रनको अर्धशतकीय पारी खेले । नेपाली टोली अहिले दक्षिण अफ्रिकामा विश्वकपको तयारीमा रहेको छ ।
स्कटल्यान्डका लागि उजिर अहमदले सर्वाधिक २८ रन बनाए । त्यस्तै खानले २४ रन बनाए । नेपालका लागि तिलक भण्डारीले तीन विकेट लिए । त्यस्तै आकाश चन्दले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २८४ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले शतकीय पारी खेले । उनले ११५ बलमा ११४ रन बनाए ।
नेपालका लागि दिपक बोहोराले ५८ रनको अर्धशतकीय पारी खेले । नेपाली टोली अहिले दक्षिण अफ्रिकामा विश्वकपको तयारीमा रहेको छ ।