काठमाडौँ। सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार विजयी बनाउन समन्वय समिति बनाएको छ।
मंगलबार साँझ बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेको समन्वय समिति बनाएको हो।
उक्त समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने बुझिएको छ। समितिको पहिलो बैठक बुधबार २ बजेदेखी सिंहदरबारमा चलिरहेको छ।