काठमाडौं मेडिकल कलेज(केएमसी) र आन्दोलनरत विद्यार्थीबीच सहमति

काठमाडौं- काठमाडौं मेडिकल कलेज(केएमसी) र आन्दोलरत विद्यार्थीबीच सहमति भएको छ। काठमाडौं मेडिकल कलेजका सहायक प्राचार्य डा पावना कायस्थ तथा  कलेजका आन्दोलनरत आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधित्व गर्ने डा विजय केसीकाबीच काठमाडौं मेडिकल कलेज, सिनामंगलमा वार्तापश्चात ८ बुँदे सहमति भएको छ। छलफलपश्चात केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको हो।

यस्ता छन् सहमतिका बुँदाः

१ आगामी दिनमा हरेक २/२ महिनामा नियमित समीक्षा बैठक बसी आवासीय स्वास्थ्य शिविर तथा अन्य शिविरहरुमा भएगरेका र हुनसक्ने कमि कमजोरीहरुलाई क्रमश सुधार गर्दै लगिने छ।

२ काठमाडौं मेडिकल कलेजबाट स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा अर्को व्यवस्था नभएसम्म २ हप्तामा ३ पटक र स्टे क्याम्प बढीमा महिनामा १ पटक वा कलेज व्यवस्थापनले आवश्यक ठानेमा १ पटक थप गरी २ पटकसम्म आयोजना हुन सक्नेछ । शिविर संचालन हुने स्थानको दुरी तथा पहुच र आवश्यकताका आधारमा एक पटकको आवासीय स्वास्थ्य शिविर सामान्यतया एक हप्तासम्मको हुन सक्नेछ। एक हप्ता भित्रमा विभिन्न ठाउँमा गरिने शिविरलाई एउटा स्टे क्याम्पका रुपमा गणना गरिनेछ।

३ गत २ वर्षदेखि सिन्धुपाल्चोक जिल्लाको सिपाघाटस्थित सामुदायिक अस्पतालमा आवासीय चिकित्सकहरु खटाइने गरिएकोमा अब उपरान्त खटाइने छैन।

४ केएमसी सामुदायिक अस्पताल, दुवाकोटको ENT, Psychiatric, Ophthalmology and Dermatology विभागको Duty Roster लाई आवश्यकता अनुसार परिमार्जन गरिने छ।

५ हामी तपशीलमा उल्लेखित ८१ जना आवासीय चिकित्सकहरुले अव उपरान्त कलेजले संचालन गरेको कुनै पनि स्वास्थ्य शिविरहरुमा सहभागि नहुने भनी मिति २०८०।०९।११ गते दिएको निवेदन यसै सहमतिद्वारा बदर हुने कुरामा हाम्रो पूर्ण सहमती रहेको छ। हामीले राजिखुसी आफ्नो इच्छाले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं।

६ मिति २०५०।०९।१२ गतेबाट यस मेडिकल कलेजमा उत्पन्न असहज परिस्थिति प्रति सम्पूर्ण आवासीय चिकित्सकले दुःख व्यक्त गर्दै आगामी दिनमा कलेजको उन्नयनका लागि सदैव एक हुने प्रण गर्दछौं।

७ आवासीय चिकित्सकहरुले मिति २०८०।०९।१२ गतेबाट घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रमहरु फिर्ता लिई आफ्नो नियमित अध्ययन तथा कामकाजमा फर्किनु पर्नेछ।

८ कलेज प्रशासनले आवासीय चिकित्सक डा. विशद दाहाललाई मिति २०६०/०९/१२ गते बाट  एक महिनाका लागि पोष्टग्रेजुएट कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी गरिएको निलम्बन फिर्ता लिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us