मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित उनकै घरबाट पक्राउ परेका लिट्टील बुद्धका नामले चिनिने रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म हजारका गड्डीका रू ३ करोड ३० लाख र बिदेशी मुद्रा पनि फेला पारेको सीबीआईले जनाएको छ।
‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो। ३ करोड ३० लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन्, १५ वटा मोबाइल, ३ वटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ’, ब्युरो प्रमुख किरण ब्रजाचार्यले भनिन्।