जान्नुहोस् विश्वभरका कोरोना संक्रमितको संख्या

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको  छ । 

त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्दा काेराेना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ३ हजार ४१५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार ४१५ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर १० लाख ८९ हजार ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४९ करोड ६१ लाख ४५ हजार ४५० जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ४३ करोड १८ लाख ३० हजार ६७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६१ लाख ९४ हजार ६८६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

हालसम्म विश्वभर ५८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ५४ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लाे २४ घण्टामा थप  ११ लाख ४ हजार ३४३ संक्रमित निकाे भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ को ज्यान गएको छ । ७४७ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ५४५ जनामा संक्रमण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *