१५% लाभांस पारित गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २२ औँ साधारण सभा सम्पन्न

काठमाडौं २९ पुस । नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरि ग्रामीण अर्थतन्त्रको सुधारमा कार्य गरिरहेको साना किसान विकास लुघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित भएसंगै १५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित भएको हो ।लघुवित्तले आर्थिक वर्ष २०७९÷०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.३३३१६१८२०४ को १४ दशमलव २५ प्रतिशतले हुने रु. ४७४७५५५९४ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश रु २४९८७१३६ गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम रु. ४९९७४२७३० वितरणका लागि प्रस्ताव पारित गरिएको छ ।बोनस शेयर पारित भएसंगै लघुवित्तको कुल चुक्ता शेयर रकम रु. ३८०६३७३७९८ पुगेको छ ।देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ । दलित ११%, जनजाती ३९% र अन्यको ५०% रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ । आवद्ध सहकारी संस्थाहरूले रु. ६ करोड ५८ लाख ७६ हजार ५ सय ८५ हजार बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् ।साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएर मिति २०८० असार २४ गतेबाट कारोवार सञ्चालन भएपश्चात यस वित्तीय संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ ।कार्यक्रममा बोल्नुहुँदै संस्थाका अध्यक्ष खेम बहादुर पाठकले साना किसान लुघवित्त मार्फत सञ्चालन भएका कार्यक्रम मार्फत ग्रामीण अर्थतन्त्रको सुधारमा ठूलो सहयोग पुगेको बताऐ । उनले आर्थिक सामाजिक र सचेतनाको रुपान्तरणमा साना किसान सदैव अग्र भागमा रहेर काम गरिरहेको भन्दै सरकार र सरोकारवाला निकायहरुसंगको सहकार्यलाई अझै बढाउँदै आर्थिक समृद्धिको बाटोमा आगडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष पाठकले संस्था मार्फत प्रवाह हुने सेवालाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै जाने बताऐ । यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले अर्थतन्त्र सुधारका लागि साना किसानहरुको ठूलो योगदान रहने बताएो । उनले आयत कम गर्न साना किसानहरुलाई उद्यमसंग जोड्नुपर्ने तर्क गरे । प्रविधिको प्रयोग मार्फत साना किसानहरुको आय आर्जन बढाउँदै युवाहरुलाई कृषि तथा पशुपालनमा आकर्षण गर्न सके मात्र देशको अर्थतन्त्र सुधार हुने उनको धारणा थियो । आर्थिक उपार्जन मात्र नभएर सचेतनाको विकासमा पनि साना किसानहरुको योगदान स्मरणीय रहेको भन्दै उनले आगमी दिनमा किसानहरुको हितका लागि संस्थाले विभिन्न सहुलियतपूर्ण प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास समेत दिलाए ।कार्यक्रममा देशभरबाट करिव ५ सय भन्दा बढि साना किसान, शेयर सदस्य तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

स्रोत : हलोखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us