काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताको संविधानको व्यवहारिक कार्यान्वयन आजको आवश्यकता भएको बताउनु भएको छ।मकर सङ्क्रान्ति (माघी पर्व) को अवसरमा सोमबार शीतल निवासमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले संविधानको व्यवहारिक कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको भन्नुहुँदै संविधानले परिकल्पना गरेका विषयलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्ने बताउनु भयो।राष्ट्रपति पौडेलले संविधानको सार्थक कार्यान्वयन नहुँदा अहिले निराशा बढे पनि जनताले पछाडि फर्किन नचाहेको बताउनु भयो।

राष्ट्रपति पौडेलले उत्पीडित, उपेक्षित, पीछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्छौँ भन्ने प्रणगर्न सबैमा आग्रह गर्नुभयो।कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वामपन्थी नेता वामदेव गौतमलगायतका नेताहरूको सहभागिता रहेको थियो।