झलनाथ खनाले दिए मकर संक्रान्ति तथा माघी पर्वको शुभकामना

मकर संक्रान्ति तथा माघी पर्वको उपलक्ष्यमा फेसबुक स्टाटस मार्फत शुभकामना दिदी उनले लेखेका छन

मकर संक्रान्ति तथा माघी पर्वको हार्दिक शुभकामना !!!

मकर संक्रान्ति तथा माघी पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाड पर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै मौलिक परम्परा अनुसार बिभिन्न पर्बहरु मनाउँदै आएका छन् । मकर संक्रान्ति तथा माघी पर्वपनि हिमाल, पहाड र तराईमा बस्ने बिभिन्न जातजातिका समुदायले आफ्नै मौलिक रिति र परम्परागत अनुसार मनाउँदै आएको एउटा महत्वपूर्ण साझा पर्व हो । यो पर्व उधौली र उभौलीको सीमा पनि हो । यसरी मनाइने चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण हुनेछ र एकआपसमा भातृत्व, पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ । अन्त्यमा, पुनः एकपटक मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा सम्पुर्णमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मिति: २०८० माघ १ गते

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us