बेलुनमा हावा भर्दा मेसिन पड्किँएर चुँडियो कम्मरमुनीको भाग

खेलकुद दिवस मनाउन बेलुनमा हावा भर्ने क्रममा मेसिन पड्किँदा चुँडियो कम्मरमुनीको भाग

सजिलो मिडिया नेपाली खबर – Complete News Portal from Nepal

झापा बिर्तामोड नगरपालिका- ७ गरामनी बजार उत्तरमा रहेको बेल्स मोडल अंग्रेजी विद्यालयमा वार्षिक खेलकुद दिवस मनाउने तयारी हुँदै थियो। सजावटका लागि भारतबाट कामदार मगाएर कार्यक्रमस्थल सजाउन काम हुँदै थियो । भारतीय नागरिक गणेश सहनी मेसिनबाट बेलुनमा हावा भर्दै थिए । त्यतिनै बेला मेसिन पड्कियो र उनी सख्त घाइते भए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार बेलुन फुलाउन ल्याइएको हाइड्रोजन ग्यास सिलिन्डर पड्किएको हो ।

उनका अनुसार उक्त ग्यास सिलिन्डर पड्किँदा अन्दाजी ५४ बर्षिय भारतीय नागरिक सहनीको दाहिने खुट्टाको कम्मरमुनीको भाग चुँडिएको छ ।

गम्भीर अवस्थामा उनको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।

सिलिन्डर पड्किदा निस्किएको आवाजले सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा कुसुम तामाङको कानमा समस्या आई उपचारका लागि बिएण्डसी अस्पताल नै पठाइएको उनले बताए । उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us