काठमाडौं, ३ माघ । मिडिया स्पेस सोलुसन प्रालि, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालि तथा प्रदर्शनी तथा व्यापार सेवा भारतको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा माघ १२ गतेदेखि छैठौं नेपाल एग्रीटेक मेला हुने भएको छ।
प्रदर्शनीमा कुखुरा, माछा, बाख्रा, गाई भैँसी पालनदेखि डेरीसम्मका कृषिका नवीनतम औजार, उपकरणका स्टलहरु रहनेछन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने तथा देश भरि बाट आउनु हुने कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखि डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुङ्गा साबित हुने आयोजक कम्पनीको विश्वास छ ।
उक्त प्रदर्शनीमा सयबढि स्टलहरु रहनेछन् ।