काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार दलको बैठक आह्वान गर्नु भएको छ । बैठक अहिले बिहान ११ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय भएको छ ।
स्थानीय तह निर्वाचन छलफलको मुख्य एजेण्डा भएको बताइएको छ । आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । जसमा गठबन्धन बनाएर भाग लिने सत्ता साझेदार दलबीच समझदारी बनेको छ । तर कसरी गर्ने भन्ने विषय किनारा लाग्न बाँकी छ । आजको बैठकमा चुनावि गठबन्धका विषयमा गहन छलफल हुने बताइएको छ ।