लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा गिता अञ्जान केसी नियुक्त

लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा गिता अञ्जान केसी नियुक्त

काठमाडौँ। लुम्बिनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्य पदमा कपिलवस्तुकी गिता अञ्जान केसी नियुक्त हुनु भएको छ। 

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले केसीलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो। उहाँ नेकपा (एकीकृत समाजवादी) निकट हुन्। 

उहाँ नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ। उपाध्यक्ष सहित चार सदस्यीय योजना आयोगमा उपाध्यक्षमा नहकुल केसी र अन्य दुई सदस्यमा यसअघि नै नियुक्त भएका थिए।

बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले बताए। समयानुकुल गराउन कार्य विधि संशोधन गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us