अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा, जनकपुरधाममा पनि उत्साह, जानकी मन्दिरमा सवा लाख दियो बालेर उत्वस मनाइँदै, कपिलवस्तुका ८ वटा पालिकामा आज बिदा (फोटो-फिचर)

भारतकाे अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको उत्सवमा जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालेर उत्सव मनाउने तयारी गरिएको छ ।

प्राणप्रतिष्ठानको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा रहेको जानकी मन्दिरमा सवा लाख दियो बाल्न लागिएको हो ।

भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा भएको दिन आज बेलुका १ लाख २५ हजार दियो बाल्नुकासाथै विशेष आरतीको आयोजना गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । राम मन्दिरको उद्घाटन विशेष महत्त्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भगवान रामको ससुराली जनकपुरबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूललगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइ सकिएको छ। प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्त, साधुसन्त यसअघि नै अयोध्या पुगिसकेका छन् ।

यसैबीच, राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । 

भारतको अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा हुन लाग्दा हाम्राे जनकपुरधाम पनि राममय बनेको छ । साेमबार बिहानैदेखि जनकपुरधामको चौक-चौकमा राम धुन गुञ्जिरहेको छ भने जानकी मन्दिरमा आउने श्रद्धालुहरूको भीड लागेको छ।

प्राणप्रतिष्ठाको अवसरमा जानकी मन्दिरसहित विभिन्न मन्दिरहरू सजाउने कामसमेत भएको छ । राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जानकी मन्दिरमा साँझमा दिपोत्सव गर्ने तयारी गरिएको छ। यसका लागि जानकी सेनाले आइतबारदेखि नै तयारी सुरु गरेको हो।

जनकपुरधाम उपमहानगरसहित धनुषा र महोत्तरीलगायत विभिन्न जिल्लाका स्थानीय तहले प्राण प्रतिष्ठाको अवसरमा सार्वजनिक बिदा दिएका छन् भने साँझमा दिपावली मनाउन आग्रह गरेको छ।

जनकपुरधाम उपमहानगरले नगरमा आज मांस र मदिराको बिक्री वितरणमा रोकसमेत लगाएको छ ।

आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उपस्थितिमा अपरान्ह १२:२० मा राममन्दिरमा रहेको रामललाको मूर्तिमा प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ।

तस्बिरहरू:

[metaslider id=20469 cssclass=””]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us