लोक सेवा आयोग बागमती प्रदेसले खुलायो कृषि, बन लगायत एघार सय कर्मचारी दरबन्दी

हेटौँडा, ८ माघ । बागमती प्रदेशस्थित लोक सेवा आयोगले वन र कृषिमा अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कर्मचारी माग गरेको छ । कृषि, बागवानी, बाली संरक्षण, कृषि प्रसार, माटो विज्ञान, एग्री इको मार्केटिगं, प्राविधिक सहायक, कृषि, भेटेरिनरीमा ५४ जनाको दरवन्दी खुलाएको छ । वन र भू–संरक्षण क्षेत्रमा मात्रै करिब २ सयको हाराहारीमा कर्मचारी माग गरिएको छ ।

बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो ।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन गरेको हो । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक संख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन माग गरिएको जानकारी दिए ।

उनले यति धेरै संख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको बताए । प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको छ ।

विस्तृतमा तलको तालिका हेर्नुहोला । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us