राष्ट्रियसभा निर्वाचन सम्पन्न

काठमाडौँ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा भएको मतदान सम्पन्न भएको छ ।

सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा सदस्य पदमध्ये १९ पदका लागि भएको हो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा कोशी प्रदेशमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए ।

मधेस प्रदेशमा एक जना मतदाता बाहेक १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुखले मतदान गरे ।

त्यस्तै, वाग्मतीमा ३४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना अनुपस्थित भए । गण्डकीमा २२९ जनाले मतदान गर्दा लुम्बिनीमा ३०३जनाले भोट हाले । कर्णालीमा शत प्रतिशत १९६ जना र सुदूरपश्चिममा २२६ मतदाताले मतदान गरेका छन् ।

मतदान सकिए लगत्तै मतगणना थाल्ने र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

कर्णालीमा मतदान सकियो, शतप्रतिशतले भोट हाले

सुर्खेत । राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । तीन सदस्यका लागि भएको निर्वाचनमा शतप्रतिशत भोट खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट सुरू भएको मतदानमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ गरी १९६ मतदाताले मतदान गरेको कार्यालयले जनाएको छ ।राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा दलित, महिला र अन्य गरी तीन पदका लागि गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (अन्य), नेकपा माओवादीका विष्णु बहादुर विक (दलित) र एकीकृत समाजवादीकी सावित्री मल्ल(महिला) उम्मेदवार छन् । एमालेबाट विमलाकुमारी शाही (महिला), डिल्लीप्रसाद भट्ट(अन्य) र हिक्मत विक (दलित) उम्मेदवार छन् ।

मधेसमा मतदान सम्पन्न, सवा ३ बजेदेखि मतगणना

जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मधेस प्रदेशमा मतदान सम्पन्न भएको छ ।१०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७३ मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मधेशमा प्रदेश सांसद अभिराम शर्मा भने मतदानमा सहभागी छैनन् । अभिरामलाई थमन विक हत्या प्रकरणमा अदालतले जन्मकैदको फैसला गरेको थियो ।यस्तै, सवा तीन बजेदेखि मतगणना सुरु गर्नेगरी छलफल भइरहेको जसपाका प्रदेश सांसद राम सहाय यादवले जानकारी दिए ।मधेस प्रदेशमा अन्य र महिला समूहतर्फ दुई राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us