‘एसियामा नेपाली अदुवाको विकास तथा व्यापार प्रवद्र्धन’ बारे छलफल 

काठमाडौं, १२ माघ । नेपाल कृषि अर्थशास्त्र समाज तथा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा भएको ‘एसियामा नेपाली अदुवाको विकास तथा व्यापार प्रवद्र्धन’ विषयमा आयोजित गोष्ठीमा विभिन्न सरोकारवाला निकायहरुले आफ्नो अवधारणा पत्र प्रस्तुत गरेका छन् ।

आजदेखि सुरु भएको दुई दिने कार्यशालामा कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल, सचिव डा.गोविन्द प्रसाद शर्मा, पूर्व अर्थसचिव रामेश्वर खनाल, बंगलादेशबाट आएकी इकमर्श डेभलपमेन्ट सेन्टरकी अध्यक्ष काकोली तलकदर लगायतले नेपाल अदुवाको विकास तथा व्यापार प्रवद्र्धनका विषयमा आफ्नो धारणा राखेका थिए ।

आजको पहिलो दिनमा डा.चक्रपानी आचार्य, मनिराम अर्याल, समया गैरे र समिक्षा बादलले अदुवा विस्तारका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । भने यसै विषयमा एउटा प्यानल डिस्कसन समेत भएको थियो । जसमा गणेशराज जोशी, जानुका पण्डित, देवेन्द्र गौचन, प्रशुराम आचार्य, हरि दाहाललाई अतिथि बनाएर डा.ऋषिराम कट्टेलले मोडरेटिङ गरेका थिए ।

भोली हुने कार्यक्रममा समेत यसै विषयमा विभिन्न सत्रमा अदुवाको विशेषता, व्यापार, विकास र विस्तारबारे छलफल हुने आयोजक संस्था नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष तथा पूर्व कृषि सचिव डा.योगेन्द्रकुमार कार्की जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us