रोहित पौडेल र देव खनालको उत्कृष्ट साझेदारी, दुवैले बनाए अर्धशतक, अनिलको कीर्तिमानी पुनरागमन
काठमाडौं : नेपालले क्यानडालाई ४ विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल अगावै पूरा गर्यो।
क्यानडाले नेपाललाई ठूलो स्कोरको लक्ष्य दिए पनि कप्तान रोहित पौडेल र देव खनालले उत्कृष्ट साझेदारी गरेपछि विजयी सम्भव भएको हो। नेपालका लागि कप्तान पौडेलले ८७ रन र खनालले ७६ रन बनाए। १०१ बलमा पौडेलले ८ चौका र ४ छक्का प्रहार गरे भने खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।







त्यस्तै पवन सर्राफ ८ बलमा १४ रन र भीम सार्की २१ बलमा ४ चौकासहित २३ रनमा आउट भए भने ओपनर आरिफ शेख १० रन बनाएर आउट भए। अर्का ओपनर अनिल साह भने कीर्तिमानी अर्धशतक बनाएर आउट भएका थिए। त्यस्तै सोमपाल कामी र कुशल मल्ल ९-९ रनमा अविजित रहे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले २८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। क्यानडाका लागि आरुन जोहन्सनले सर्वाधिक ६५ रन बनाए। त्यस्तै नभनितले ४६, श्रेयसले ४०, पर्गतले ३८ र निकोलशले २० रन बनाए। उदय भागवान भने २० रनमा अविजित रहे।
नेपालले क्यानडासँगको अन्तिम खेल पर्सी खेल्नेछ। त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबिया सम्मिलित आइसीसी लिग २ को खेल खेल्नेछ। सोही टिमसँग विश्वकप लक्षित टी-२० खेल पनि नेपालले खेल्दैछ।
कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। टीयु क्रिमेट मैदानमा क्यानडाविरुद्ध दोस्रो एक दिवसीय खेलमा अर्धशतक प्रहार गरेका हुन्। उनले ६७ बलमा ४ चौका र ३ छक्कासहित अर्धशतक प्रहार गरे।
त्यस्तै यु-१९ टोलीका कप्तानसमेत रहेका देव खनालले समेत अर्धशतक प्रहार गरेका छन्। उनले ५६ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाएका हुन्।
यसअघि ओपनर अनिल शाहले कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए। उनले १९ बलमै ७ चौका र ३ छक्कासहित अर्धशतक प्रहार गरेका थिए। उनी २०औं बलमा पेभेलियन फर्किएका थिए।
काठमाडौं : नेपालले क्यानडालाई ४ विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल अगावै पूरा गर्यो।
क्यानडाले नेपाललाई ठूलो स्कोरको लक्ष्य दिए पनि कप्तान रोहित पौडेल र देव खनालले उत्कृष्ट साझेदारी गरेपछि विजयी सम्भव भएको हो। नेपालका लागि कप्तान पौडेलले ८७ रन र खनालले ७६ रन बनाए। १०१ बलमा पौडेलले ८ चौका र ४ छक्का प्रहार गरे भने खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै पवन सर्राफ ८ बलमा १४ रन र भीम सार्की २१ बलमा ४ चौकासहित २३ रनमा आउट भए भने ओपनर आरिफ शेख १० रन बनाएर आउट भए। अर्का ओपनर अनिल साह भने कीर्तिमानी अर्धशतक बनाएर आउट भएका थिए। त्यस्तै सोमपाल कामी र कुशल मल्ल ९-९ रनमा अविजित रहे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले २८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। क्यानडाका लागि आरुन जोहन्सनले सर्वाधिक ६५ रन बनाए। त्यस्तै नभनितले ४६, श्रेयसले ४०, पर्गतले ३८ र निकोलशले २० रन बनाए। उदय भागवान भने २० रनमा अविजित रहे।
नेपालले क्यानडासँगको अन्तिम खेल पर्सी खेल्नेछ। त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबिया सम्मिलित आइसीसी लिग २ को खेल खेल्नेछ। सोही टिमसँग विश्वकप लक्षित टी-२० खेल पनि नेपालले खेल्दैछ।
झण्डै दुई वर्षपछि राष्ट्रिय टिममा फर्किएका बाराका अनिलकुमार साहले क्यानडाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। नेपाली राष्ट्रिय टिमको ओपनर ब्याट्सम्यानका रूपमा मैदान प्रवेश गरेका साहले क्यानडाविरुद्धको दोस्रो एक दिवसीय खेलमा अर्धशतक प्रहार गरेका हुन्।
एक दिवसीय क्रिकेटमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडीको कीर्तिमान बनाउने क्रममा साहले १९ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ५० रन बनाएका छन्। यसअघि उक्त कीर्तिमान वीरगन्जका आशिफ शेखको नाममा थियो। गत वर्ष पपुवा न्युगिनीविरुद्ध २१ बलमा अर्धशतक प्रहार गर्दै शेखले बनाएको कीर्तिमान साहले तोडेका हुन्।
अर्धशतक प्रहार गरेलगत्तै साह २०औं बलमा क्यानडाका इश्वरजोत सोहिबाट एलबीडब्लु आउट हुन पुगेका थिए। साहको उत्कृष्ट सुरुवातसँगै क्यानडाविरुद्ध दुई सय ८६ रन पछ्याएको नेपालले चार विकेटको जित हात पारेको छ।
जितसँगै क्यानडाविरुद्धको तीन खेलको सिरिज नेपालले जितेको छ। नेपालले यसअघि क्यानडाविरुद्ध पहिलो खेलमा सात रनको रोमाञ्चक जीत हात पारेको थियो। सिरिजमा २-० ले अग्रता लिएको नेपालले अन्तिम खेलमा पनि जीत हात पारे ‘क्यानडा टुर अफ नेपाल’ सिरिज क्लिन स्वीप गर्नेछ।
राष्ट्रिय टिममा बाराका दुई खेलाडी
क्यानडाविरुद्ध जारी एक दिवसीय सिरिजमा बारा कलैयाका अनिलकुमार साह र पवन सर्राफले झण्डै दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। हालै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका साह र सर्राफ क्यानडाविरुद्धको सिरिजमा राष्ट्रिय टिममा फर्किए। प्रधानमन्त्री कप क्रिकेटमा २५ वर्षीय साह उत्कृष्ट ब्याटर घोषित भएका थिए।
घरेलु क्रिकेटमा देखाएको प्रदर्शनले पुनः राष्ट्रिय टिममा फर्कने अवसर पाएका साहले आफूलाई अब्बल सावित गरेका छन्। साहले २६ मार्च २०२२ मा पपुवा न्युगिनिविरुद्ध राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उक्त खेलमा १ रन बनाएका साह त्यसयता राष्ट्रिय टिममा पर्न सकेका थिएनन्।
सन् २०१८ अगस्ट १ मा नेदरल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका साहले हालसम्म पाँच वटा एक दिवसीय खेल्दै ८२ रन बनाएका छन्। साहले क्यानडाविरुद्ध प्रहार गरेको कीर्तिमानी ५० रन उनको अन्तर्राष्ट्रिय एक दिवसीयमा बनाएको उच्च स्कोर पनि हो। यसअघि नेदरल्याण्डविरुद्धको डेब्यु खेलमा २१ रन बनाएका साहले अन्य खेलमा दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।
यता बाराका अर्का खेलाडी सर्राफ पनि लामो समयपछि मैदानमा फर्किएका छन्। २३ वर्षीय सर्राफले क्यानडाविरुद्ध पहिलो खेलमा १५ र दोस्रो खेलमा १४ रन बनाएका छन्। पहिलो खेलमा बनाएको १५ रन उनको व्यक्तिगत उच्च स्कोर हो।
२०२२ जुलाई १६ मा नामिबियाविरुद्धको खेलपछि सर्राफ राष्ट्रिय टिममा पर्न सकेका थिएनन्। सर्राफले राष्ट्रिय टिमबाट हालसम्म १० वटा अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेका छन्। जसमा उनले ६० रन बनाएका छन् भने ६ विकेट लिएका छन्। सर्राफले राष्ट्रिय टिमबाट २०१९ जनवरी २५ मा युएईविरुद्ध डेब्यु गरेका थिए।
सर्राफले राष्ट्रिय टिमबाट १७ वटा टी-२० अन्तर्राष्ट्रिय क्रिकेट समेत खेलेका छन्। सन् २०१९ फेब्रुअरी १ मा युएईविरुद्धको टी-२० मा डेब्यु गरेका सर्राफले २०२२ अगस्ट ३० मा केन्याविरुद्ध अन्तिम खेल खेलेका थिए। त्यसता उनी टी-२० राष्ट्रिय टिममा परेका छैनन्।