अध्यक्ष नेपालद्वारा ल्होसार पर्वको शुभकामना

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले ल्होसारको शुभकामना सन्देश जारी गर्नुभएको छ। 

शनिबार अध्यक्ष नेपालले तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने सोनाम ल्होसार र शेर्पा, भोटेलामा समुदायको ग्याल्बो ल्होसार, २०८० को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको हा। 

अध्यक्षद्वारा जारी सन्देशमा भनिएको छ,‘तामाङ, शेर्पा र भोटेलामा समुदायले मनाउने यस पर्वको छुट्टै सांस्कृतिक महत्व छ। बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा रहेका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन्। सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो। यस्ता पर्वहरूले हाम्रा मौलिक संस्कृति प्रवर्द्धन गर्न, सामाजिक सद्भाव अभिवृद्धि गर्न र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान गरेका छन्। सबै नेपालीबीच विविधतामा एकता, सद्भाव, सामाजिक सहिष्णुता र बन्धुत्व एवम् सम्मान कायम गर्दै सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन यस पर्वले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै पुनः शुभकामना व्यक्त गर्दछु।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us