काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा संघ नेपालका संयोजक कृष्ण विश्वकर्माकी ममतामयी आमा कौशिला विश्वकर्माको असामयिक निधनप्रति दुःख व्यक्त गर्नु भएको छ।
शुक्रबार म्याग्दीको बेनी बजार पुगेर सम्मानित नेता खनालले संयोजक विश्वकर्माको परिवारजनप्रति गहिरो समवदेना प्रकट गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो।
सम्मानित नेता खनालको नीजि सचिवालयले भनेको छ, ‘आज मिति २०८० माघ २६ गते बुद्ध एयरलाइन्सबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी कास्की, बाग्लुङका र पर्वतका केन्द्रीय कमिटी सदस्यहरू र जिल्लाका अगुवा कार्यकर्ता कमरेडहरुसँग भेटघाट र छलफल गरी म्याग्दी जिल्लाको बेनी बजार पुगी नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० भातृसंगठन युवा संघ नेपालका संयोजक कमरेड कृष्ण कुमार विश्वकर्माकी ममतामयी आमा कौशिला विश्वकर्माको असामयिक निधनले पार्टीलाई अत्यन्त दुखिद बनाएको कुरा बताउनुभएको छ। दिवंगत ममतामयी आमा हाम्रो पार्टीको पक्षमा दृढ हुनुहुन्थ्यो। वहाँले सिंगो परिवारलाई समेत हाम्रो गौरवमय पार्टीका पक्षमा लाग्न निरन्तर अभिप्रेरणा दिँदै आउनुभएको थियो। आखिर हामी कोहि अमर छैनौँ। प्रकृतिको यहि सार्वभौम नियम अनुरुप आज वहाँलाई हामीले गुमाउनु परेको छ। शोकको यस घडीमा दिवाङगत आमा कौशिला विश्वकर्मा प्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, कमरेड कृष्ण विश्वकर्मा तथा शोकाकुल परिवार र आफन्तजनमा हामी गहिरो समवेदना प्रकट गर्दछौ भन्नुभएको छ।’
सम्मानित नेता खनालको सचिवालयले अगाडि भनेको छ, ‘उक्त श्रद्धाञ्जली कार्यक्रममा पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश कमिटी अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य गोविन्द सुवेदी, केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, केन्द्रीय सदस्य मोती पौडेल, गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरू र जिल्ला प्रतिनिधिहरुलगायत युवा संघ नेपालका केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व र जिल्ला नेतृत्वको टिम र विदेश विभागको टिमले निजी निवास पुगेर दिवंगत ममतामयी आमाप्रति श्रद्धाञ्जली र कमरेड कृष्ण विश्वकर्मा तथा सम्पूर्ण परिवारजनमा ग़हिरो समवेदना व्यक्त गरेको छ।’
-1707576127.jpg?timestamp=1707576145369)