काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ।
आज दिउँसो सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसनिकट घिमिरे अध्यक्ष निर्वाचित हुनुभएको हो। घिमिरे कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समिति संयोजकबाट राजीनामा दिएर बारको निर्वाचनमा अध्यक्ष उठ्नु भएको थियो।
निर्वाचन अधिकृत सानुराज पोखरेलका अनुसार घिमिरेको प्यानल नै निर्वाचित भएको होे। घिमिरेले अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीलाई हराउनु भएको हो।