कटन-क्याण्डि (चिनीको मिठाई) बेच्न र खान प्रतिबन्ध

क्यान्सरको अत्यन्तै जोखिम बढेको अनुमान गर्दै भारत सरकारले यो कटन-क्याण्डि (चिनीको मिठाई) बेच्न र खान प्रतिबन्ध लगाएको छ ।

May be an image of 1 person

क्यान्सरको अत्यन्तै जोखिम बढेको अनुमान गर्दै भारत सरकारले यो कटन-क्याण्डि (चिनीको मिठाई) बेच्न र खान प्रतिबन्ध लगाएको छ ।

‘रंगीन कटन क्यान्डी’ मा अखाद्य वस्तुको प्रयोग
काठमाडौंका विभिन्न स्थानमा बिक्री–वितरण भइरहेको ‘रंगीन कटन क्यान्डी’मा अखाद्य वस्तुको प्रयोग भएको पाइएको छ।
सडकपेटी, बजार, मेलालगायतका स्थानहरूमा खुला रूपमा बिक्री–वितरण भइरहेको रंगीन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ रोडामाइन बीको प्रयोग भएको पाइएको हो।

मानव शरीरमा गम्भीर असर पुर्‍याउने रोडामाइन बी बालबालिकाले खान मन पराउने क्यान्डीमा भेटिएको भन्दै क्यान्डी खान र बालबालिकालाई नखुवाउन आग्रह गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला जाँच विश्लेषणबाट क्यान्डीमा विषाक्त वस्तुको प्रयोग भएको भेटिएको हो। विभागबाट अनुज्ञापत्र प्राप्त गरी लेवल लगाएकाबाहेक खुला रूपमा बिक्री–वितरण गरिएको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुनेसमेत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

‘रंगीन कटन क्यान्डी’मा प्रयोग गरेको पाइएको रोडामाइन बी औद्योगिक उद्देश्यले कपडा, कागज आदिमा रङको रूपमा प्रिन्टिङमा प्रयोग गरिन्छ । यसले जनावर तथा मानव शरीरमा विभिन्न गम्भीर असर पुर्‍याउने भएकाले खाद्य वस्तुमा प्रयोग गर्न बन्देज लगाइएको छ। भारतलगायतका विभिन्न देशहरूलाई रोडामाइन बीको प्रयोगलाई गैरकानुनी मानिएको छ।

चिकित्सकका अनुसार रोडामाइन बी शरीरमा प्रवेश गर्दा कोशिका र तन्तुहरूमा अक्सिडेटिभ तनाव उत्पन्न हुने भएकाले मानव शरीरका लागि विषाक्त छ। इन्टरनल मेडिसिन डा. नवीन रौनियारका अनुसार लामो समयसम्म रोडामिन बीको प्रयोगले छाला, कलेजोमा समस्या वा क्यान्सरसम्मको गम्भीर समस्या निम्त्याउन सक्छ।

उनले भने, ‘यसले मानव शरीरमा तीव्र र गम्भीर क्षति निम्त्याउन सक्ने भएकाले अन्य काममा प्रयोग गर्दा वा भण्डारण गर्दासमेत उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ। यसको सम्पर्कमा आइसकेपछि तुरुन्तै विष उपचार केन्द्र वा सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । खानाको माध्यमबाट मा यस्ता पदार्थ प्रयोग हुँदा झन् समस्या निम्तिन सक्ने भएकाले सचेत हुन आवश्यक छ।’

मानव शरीरमा मात्र नभई रोडामाइन बी अन्य जनावर, बोटविरुवा र वातावरणका लागि समेत घातक मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us