६२० किलो गाँजासहित धादिङबाट एक जना पक्राउ

धादिङ । गजुरी गाउँपालिका–२ स्थित विहानी पेट्रोल पम्प नजिकैबाट अवैध लागूऔषध ६२० किलो भन्दा बढि गाँजासहित एक जना पक्राउ परेका छन् ।

आज विहान करिब ३ः४५ वजे जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सर्लाही लालबन्दी नगरपालिका–७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई ६ सय २० किलो ४४ ग्राम गाँजासहित पक्राउ गरेको हो।

May be an image of 5 people and text

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

May be an image of 3 people and text

पृथ्वी राजमार्गबाट ठुलो परिमाणको गाँजा मिनीट्रकमा लोड भई पूर्वबाट पश्चिमतर्फ लैजादै गरेको भन्ने विशेष सुचनाको आधारमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीको समानभित्र लुकाई राखेको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केसीले बताउनुभयो।

May be an image of motorcycle, van and text

ट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी ४५ प्याकेट रातो प्लाष्टिकको वाहिरी भागमा प्लाष्टिकको सुतली डोरीले बाँधी पुनः वाहिरी भागमा पानी टेपले ¥यापिङ गरी चाउचाउ र विस्कुटको खोल टासेको अवस्थामा गाँजा फेला परेको केसीले बताउनुभयो ।

पक्राउ परेका साहले विक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र अन्य थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us