६ बाम किसान संगठनकाे संयुक्त प्रेस बिज्ञप्ति

६ बाम किसान संगठनले संयुक्त प्रेस बिज्ञप्ति निकालेका छन । जसमा लेखिएकाे छ


संयुक्त प्रेष बिज्ञप्ति

१. बर्षौदेखि मिटर ब्याजे साहु, लगु बित्तका किसानमारा सञ्चालक तथा दुग्ध उत्पादक किसानको महिनौदेखको भुक्तानी नदिएर आलेटाले गर्ने सरकारी अनुदानमा चल्ने डीडीसीले समेत आ–आफ्नै किसिमले किसान कृषिलाई धराशायी तुल्याउने जुन घोर अन्यायपूर्ण, असंबैधाकि र गैरकानुनी काम गर्दै आएका छन् र यसरी नेपाली किसानको उठिबास गराउने,बिदेशिन वा अत्महत्यासम्म गर्न बाध्य पार्ने जुन किसानमारा गतिबिधि बर्षौंदेखि निरन्तर भइरहेका छन् त्यसप्रति हामी ६ बामपन्थी किसान संगठनहरुको अत्यन्तै गम्भीर ध्यानाकर्षण भएको छ । किसानहरु र नेपाली कृषि यसरी घोर अन्याय र ठूलो मार्कामा परेका मागहरु हामीले समयमै सरकारसँग पनि प्रस्तुत गरेका हौं । तर त्यसप्रति सरकारको आवश्यक र गम्भीर ध्यान गएको पटक्कै देखिएन । आन्दोलनकारी मार्कामा परेका किसानहरुलाई हल्मल्उाने र आलेटाले गर्ने काम मात्रै हुँदै आए । त्यसैले पीडित किसानहरु पटक पटक सडकमा उत्रिनै पर्ने गम्भीर स्थिति पैदा भएकोले बाध्य भएर उनीहरु अहिले पुनः सडक आन्दोलनमा उत्रिएका छन् । हामी पीडित सम्पूर्ण किसानहरुको यो आन्दोलनप्रति जोडदार ऐक्यबद्धता जनाउँदछौं उनीहरुको संघर्षमा दृढतापूर्बक साथ दिने कुरा सार्वजनिक गर्दछौं तथा आन्दोलनलाई एकीकृत रुप दिएर अघि बढाउने तत्परता पनि प्रकट गर्दछौं ।

२.नेपाली कृषि र किसानलाई आत्मनिर्भर तुल्याउन, यसमाथिको परर्भितरतालाई अन्त्य गर्न तथा नेपाली किसानले गौरब र स्वाभिकानकासाथ बाच्न पाउने सुनिश्चित र समुन्नत भबिष्यको निम्ति यो क्षेत्रमा भित्रिने, भित्र्याउने बिबिधखाले बाह्य अतिक्रमणबाट यसको रक्षा गर्न सबै किसिमका आवश्यक आधुनिक सुबिधा, सहुलियत र कृषि सामाग्रीहरु सहज किसिमले किसानलाई उपलब्ध होउन् र सबै क्षेत्रका कृषि उपजले बिनाभेदभाव निम्नतम समर्थन मूल्य पाउने ठोस ब्यबस्था तत्कालैदेखि ठोस ब्यवहारमा लागु गरियोस भन्ने पनि हामी पुनः जोडदार माग गर्दछौं ।

३.कृषि र किसानको बिग्रँदो दुराबस्था र यस क्षेत्रले भोग्नु परेका चर्कदा समस्याले गर्दा स्वदेशी बिदेशी प्रतिकयाबादी शक्तिहरुले किसानलाई उनीहरुका मूल समस्याबाट अन्यत्त भडकाउने र मुलुकमा अझ थप जटील स्थिति उत्पन्न गर्नसक्ने षडयन्त्रप्रति सजग र सावधान रहन तथा आन्दोलनलाई सही दिशा र गति दिन तथा मद्दत पु¥याउन पनि हामी आम किसान र सम्पूर्ण नेपाली जनतामा हार्दिक आग्रह समेत यतिबेला गर्न चाहन्छौं ।

File Picture of their last press Meet

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us