काठमाडौँ – नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित हासिल गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ओपनर मिचेल लेभिटको १ सय ३५ रनको सानदार शतकीय इनिङ्समा २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो। नेदरल्यान्ड्सका लागि सुब्रान्ड इंगेलब्रेच्टले ७५ रन बनाए।
२ सय ४८ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि जन फ्र्यालिन्क र जेन ग्रिनले ४२–४२ रन बनाएका थिए। त्यस्तै, जेपी कोट्जेले २६ रन बनाउँदा जेजे स्मिथल र रुवेन ट्रम्पेलम्यानले समान १९–१९ रन बनाए। अब अर्को खेलमा नेपाल र नामिबिया भोलि (शुक्रबार) प्रतिस्पर्धा गर्नेछन्।