नेदरल्यान्ड्स र नामिबियाबीचको खेलमा वर्षा बाधक

टी–२० आई त्रिदेशीय शृंखलाअन्तर्गत लिगचरणको अन्तिम खेलमा नेदरल्यान्ड्स र नामिबिया आमने सामने छन् । तर, खेल चलिरहँदा वर्षा बाधक बनेको छ । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाएर ९८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको हो । 

शृंखलाको फाइनलमा नेपालसँग भेटका लागि आज ठूलो अन्तरले जित निकाल्नु पर्ने दबाबमा रहेको नामिबियाले अपेक्षाकृत ठूलो स्कोर बनाउने सम्भावना न्युन देखिएको छ । 

यद्यपि, पहिलो खेलमा नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेर कम बलमा शतकको नयाँ विश्वकीर्तिमान राखेका निकोल इटन क्रिजमा छन् । उनले २९ बलमा दुई छक्का र दुई चौकाको सहयोगमा ३४ रन बनाइसकेका छन् । उनलाई दश बलमा ११ रन बनाएर जेनी ग्रिनले साथ दिइरहेका छन् । 

शृंखलामा नेपालले चारमध्ये दुई खेल जित्दै चार अंकसहित फाइनलमा स्थान बनाइसकेको छ । नेदरल्यान्ड्सको चार अंक र नामिबियाको दुई अंक छ । अन्तिम खेलको नतिजाले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ ।  

#टी–२० त्रिदेशीय शृंखला

Updates from the center 📣

Rain interrupts the #NAMvNED showdown at TU 🏏

#NepT20I | #OneBallBattles | #NepalCricket#HappyDressingRoom | #WorldCupYear2024

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us