एकीकृत समाजवादी अध्यक्ष र कांग्रेस सभापति देउवाबीच भेटवार्ता 

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

बुधबार बिहान सभापति देउवा र अध्यक्ष नेपालबीच कोटेश्वरमा भेटघाट भएको हो। भेटघाटमा विकसित राजनीतिक परिस्थितिका बारेमासमेत छलफल भएको छ। 

साथै नेपाली कांग्रेस नेता रमेश लेखक र देउवा पन्ति आरजु राणासमेतले नेपाललाई जन्मदिनको शुभकामना दिनुका साथै स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ।  

मंगलबार राति प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका गर्नु भएको थियो। 

स्राेत :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us