काे काे छन् त मन्त्री बन्नेहरु

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

एमालेले टुंग्यायो मन्त्रीहरु, मन्त्रालय टुंगिन बाँकी

नेकपा (एमाले)ले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री बनाउने भएको छ ।

एमाले स्रोतका अनुसार उनकै नेतृत्वमा एमाले नयाँ सरकारमा जाने बुझिएको छ ।

एमालेले ८ मन्त्रालय पाउने तय भएपनि अहिलेसम्म २ मन्त्रीको नाम मात्रै टुङ्गो लगाएको छ भने मन्त्रीले सपथ लिइसकेका छन् । पदम गिरीको जिम्मेवारी अझै टुङ्गो लागेको छैन ।

सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

हाल सरकारमा सहभागी हुने मन्त्री र उनीहरुको जिम्मेवारीबारे एमाले सचिवालय बैठकमा छलफल जारी छ ।

माओवादीबाट वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्र

नेकपा माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ ।जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको स्रोतले जनाएको छ ।यसअघि हितबहादुर तामाङले भने मन्त्रीको शपथ लिइसकेका छन् ।

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम, शिक्षामा सुमना

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्यालयुवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us