राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माबीच प्रतिस्पर्धा हुने

माओवादीका दाहाललाई सत्ता गठबन्धनको, कांग्रेसका शर्मालाई लोसपाको साथ

राष्ट्रिय सभा अध्यक्ष पदमा दुई सांसदबीच प्रतिस्पर्धा हुने भएको छ।

सोमबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका हुन्।

मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुँदैछ।

दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्। उनको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्।

राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्।

यस्तै कांग्रेस सांसद शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएको छ। उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्।
उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us